Sagun Khabar
बैतडीमा एमालेको वडा केन्द्रित अभियान शुरु 

बैतडी–नेकपा एमालेले बैतडीमा वडा केन्द्रित तीन महिने अभियान शुरु गरेको छ । पाटन नगरपालिका–६ बाट वडा केन्द्रित अभियानको थालनी गरिएको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 

आगामी वैशाख ९ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत ८४ ओटै वडामा कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष भण्डारीले बताए । 

Atrya hospital

अभियान अन्तर्गत संगठित सदस्यता विस्तार र नवीकरण, वडास्तरमा जनवर्गीय संगठनहरुको अधिवेशन, पार्टी नेतृत्व र पार्टीविरुद्ध फैलाइएका भ्रमको प्रतिवाद, एक वडामा एमालेसंग आवद्ध ४० बर्ष मुनिका युवाहरुको सूची तयार पार्ने, नागरिकका आधारभूत समस्या र समाधान उपायका बिषयमा छलफल गर्ने, लामो समयदेखि पार्टीमा आवद्ध भएकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर अभियानको समापन गर्ने योजना रहेको उपाध्यक्ष भण्डारीले बताए । वडा केन्द्रित अभियानलाई जरोकेन्द्रित अभियान समेत नाम दिइएको उनले बताए । 

यस्तै नेकपा एमाले बैतडीको पाचौं पूर्ण बैठक पाटनमा सम्पन्न भएको छ । बैठकमा मनोनित गरिएका १९ जना जिल्ला कमिटि सदस्यहरुले शपथ ग्रहण गरेका छन् । 

यस्तै बैठकले समसामयिक बिषयमा छलफल गर्नुका साथै वडा केन्द्रित अभियानलाई सफल बनाउने निर्णय समेत गरेको छ । अभियानका लागि कार्ययोजना बनेको र सोही अनुसार अगाडि बढ्ने उपाध्यक्ष भण्डारीले बताए । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update