Sagun Khabar
बैतडीको सुर्नया –३ मा एक सय जना किशोरीलाई एचपीभी खोप दिइने 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका –३ मा एक सय जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने भएको छ । 

देशभर सञ्चालन हुने अभियान अन्तर्गत सुर्नया गाउँपालिका–३ मा पनि खोप अभियान सञ्चालन हुने वासुलिङ्ग स्वास्थ्यचौकीका प्रमुख दलबहादुर बिष्टले जानकारी दिए । आइतबार सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै खोप अभियानका बारेमा जानकारी दिइएको उनले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिकामा माघ २७ गतेदेखि फागुन १ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी रहेको छ । वडा नं ३ मा माघ २७ देखि २९ गतेसम्म अभियान सञ्चालन हुने वासुलिङ्ग स्वास्थ्यचौकी प्रमुख बिष्टले बताए । 

भुवनेश्वर मावि गोयली, विशेश्वर आवि बाँस, केदार आवि डुङरी र वासुदेव आवि तडीगाउँमा खोप अभियान सञ्चालन हुने बिष्टले बताए । अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई खोप दिइनेछ । 

अभियान अन्तर्गत सुर्नया गाउँपालिकाभरीका १ हजार ८४ जना किशोरीहरुलाई एचपीभी खोप दिने तयारी रहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । सुर्नयामा १० देखि १४ बर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीको संख्या शून्य रहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update