Sagun Khabar
मृत भेटिएका कांग्रेस नगरसभापति कलौनीको अन्त्येष्टी, गृहमन्त्री लेखकद्धारा श्रद्धाञ्जली व्यक्त

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली कांग्रेस नगरसभापति अच्युतराज कलौनीको अन्त्येस्टी गरिएको छ ।

कलौनीको आईतबार महाकाली नदी किनारमा अन्येष्टी गरिएको हो । कलौनीको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाएर गृहमन्त्री रमेश लेखकले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको कलौनीको पार्थिव शरीरमा आइतवार कांग्रेसको झण्डा ओढाएर लेखकले श्रद्धाञ्जली दिएका हुन् । श्रद्धाञ्जली सभामा कांग्रेस नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति रहेको थियो । 

Atrya hospital

शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा कलौनी मृत अवस्थामा फेला परेका थिए । 

कलौनी मृत्यु प्रकरणको छानबीनका छानबिनका लागि भिसेरा परीक्षण गरिएको छ । फरेन्सिक परीक्षण रिपोर्ट आउन बाँकी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । कलौनीको हत्या भएको परिवारजनले आशंका व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update