
बैतडी –पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिकामा पनि माघ २२ गतेदेखि खोप अभियान सञ्चालनको तयारी भएको छ ।
कक्षा ६ देखि १० सम्म पढाई हुने विद्यालय र स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताए । दशरथचन्द नगरपालिकामा माघ २२ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन हुने उनले बताए ।
खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत १ हजार ४ सय ८७ जना र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेरका ८ जना गरेर १ हजार ४ सय ९५ जना किशोरीलाई खोप दिइने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
माघ २२ गतेका दिन जगदम्बा आवि कलौन,नेपाल राष्ट्रिय मावि पाली, जनचेतना आवि चडेखान, बरमनाथ आवि बरकुराली, विरेन्द्र मावि शाहीलेक, सरस्वती बोर्डिङ स्कुल, ग्रीन हेवन स्कुल शाहीलेक, शिवस्थली मावि जर्ग, जगन्नाथ आवि नौहाट, कालिका मावि थालिगडा,कैलपालेश्वर मावि ऐँचेकाँडा, जगदम्बा मावि रानिबुङ्गा, श्रीकेदार मावि सिमलोडासौं, जोशीबुंगा मावि लमौता र नागार्जुन मावि बर्तोलीमा खोप अभियान सञ्चालन हुनेछ ।
यस्तै माघ २३ गतेका दिन शोभा मावि पितलथला,मणिलेक मावि गुरुखोला, जगन्नाथ आवि हल्लेक, कुलौन मावि खतेडी,नागार्जुन आवि,ईश्वर आवि डोबरा,गणेशस्थान आवि सुन्दरघर,सरस्वती संस्कृत मावि नगतडी, केदारशीला मावि सुर्काल,त्रिपुरासुन्दरी स्वास्थ्यचौकी,जोशीबुंगा स्वास्थ्यचौकी, लमौता नगर स्वास्थ्य केन्द्र, दानेश्वर नागार्जुन मावि बाराकोट र श्रीकेदार नागार्जुन माविमा खोप अभियान सञ्चालन हुनेछ ।
यसैगरी माघ २४ गते पितलथला स्वास्थ्यचौकी, श्रीकेदार आवि, निङ्गलाशैनी बोर्डिङ स्कुल देहीमाण्डौं, दुर्गाभवानी स्वास्थ्यचौकी, संस्थागत क्लिनिक गोठलापानी, नगर स्वास्थ्य केन्द्र जर्ग, एनबीए टकौरा, गुरुकुल मावि सेरा,आधारभूत स्वास्थ्य केन्द्र सुर्काल, दानेश्वर नागार्जुन मावि रातामाटा र नागार्जुन स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन हुनेछ ।
यस्तै माघ २५ गते नगर स्वास्थ्य केन्द्र गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं, दशरथचन्द मावि सुन्दरखाली, थालीगडा स्वास्थ्यचौकी, नगर स्वास्थ्य केन्द्र सेरा र नगर स्वास्थ्य केन्द्र तितरागाउँमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
यस्तै माघ २६ गतेका दिन देहीमाण्डौं स्वास्थ्यचौकी र दशरथचन्द स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन हुने बताइएको छ ।