Sagun Khabar
बैतडीको पाटनले ६ महिनामा २२ लाख राजस्व संकलन गर्यो 

बैतडी –बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक बर्षको ६ महिनामा २२ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षमा ६५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ६ महिनामा लक्ष्यको ३४ प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको छ । 

गत आर्थिक बर्षको तुलनामा यो बर्ष कम राजस्व संकलन भएको छ । गत आर्थिक बर्षमा ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ६ महिनाको अवधिमा ३९ प्रतिशत राजस्व संकलन गरेको थियो । 

Atrya hospital

चालु आर्थिक बर्षमा नगरपालिकाले १४ लाख ३३ हजार १११ रुपैयाँ र वडा कार्यालयहरुबाट ७ लाख ७२ हजार ८८९ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले र वडा कार्यालयहरुबाट गरेर ६ महिनाको अवधिमा २२ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाका राजस्व शाखा प्रमुख तर्कराज भट्टले बताए । 

नगरपालिकाले ६ महिनाको अवधिमा भूमीकर मालपोत बाफत २६ हजार ९५ रुपैयाँ, घरबहाल करबाट ९८ हजार २८७ रुपैयाँ, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ६ लाख ६८ हजार ६४० रुपैयाँ, न्यायिक दस्तुरबाट १ हजार २ सय रुपैयाँ, प्रशासनिक सेवा शुल्कबाट ७० हजार रुपैयाँ नक्सापास दस्तुरबाट ५५ हजार ८९ रुपैयाँ, सिफारिश दस्तुरबाट १५ हजार १ सय रुपैयाँ, निकासी पैठारी करबाट ४ लाख ५० हजार रुपैयाँ र अन्य दस्तुरबाट ४८ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ । 

यस्तै ६ महिनाको अवधिमा वडा नं १ बाट ३५ हजार ९४३ रुपैयाँ, वडा नं २ बाट ८७ हजार ७४८ रुपैयाँ,वडा नं ३ बाट ५२ हजार ९ सय रुपैयाँ, वडा नं ४ बाट ९२ हजार ८६२ रुपैयाँ र वडा नं ५ बाट ४० हजार ४९१ रुपैयाँ राजस्व संकलन भएको छ । 

यस्तै वडा नं ६ बाट २ लाख २२ हजार ३३८ रुपैयाँ, वडा नं ७ बाट ४२ हजार ५० रुपैयाँ, वडा नं ८ बाट १ लाख ४० हजार ७४७ रुपैयाँ, वडा नं ९ बाट ३१ हजार २२८ रुपैयाँ र वडा नं १० बाट २६ हजार ५६० रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update