कञ्चनपुर–कञ्चनपुरमा नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका– १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।
प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धानको काम गरिरहेको छ । घटना कसरी भयो भन्ने कुरा केही थाहा नभएको प्रहरीले जनाएको छ । उनको हत्या भएको आशंका गरिएकाले प्रहरीले उक्त कोणबाट पनि अनुसन्धान थालेको छ । तर विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
बैतडीको शिवनाथ गाउँपालिका–३ पुख्र्यौली घर भएका कलौनी कांग्रेसका लोकप्रिय युवा नेताको रुपमा रहेका थिए ।
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१ ०९:२३
प्रतिक्रिया दिनुहोस्