बैतडी –सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी गणेश चन्दलाई गृह जिल्ला बैतडीमा बाजागाजासहित स्वागत तथा सम्मान गरिएको छ ।
पञ्चेश्वर गाउँपालिका–४ बन्ना नौला पुख्र्यौली घर भएका डिआइजी चन्दलाई पञ्चेश्वर गाउँपालिकामा सम्मान गरिएको हो ।
पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द लगायतले डिआइजी चन्दलाई सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरेका छन् । उनलाई बाजागाजासहित स्वागत र सम्मान गरिएको हो ।
डिआइजी चन्दले आजै पुख्र्यौली थलोमा पर्ने गमणेश्वर मन्दिरको दर्शन र बन्नामा निर्माण भइरहेको उदयदेव मन्दिरको अवलोकन गरेका थिए ।
डिआइजी चन्दले उदयदेव मन्दिरमा निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धार्मिक तथा सांस्कृतिक धरोहरहरुको संरक्षण गर्नु आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी चन्द पारिवारिक र व्यक्तिगत कामले बैतडी पुगेका र उनी आजै धनगढी फर्केका जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ ।