Sagun Khabar
प्रयागराज महाकुम्भ मेलामा भागदौडः ३० को मृत्यु, ६० घाइते

भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएको १७ घण्टापछि स्थानीय सरकारले ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ मेला अधिकृत विजय किरण आनन्द र डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरी भागदौडमा ३० जनाको मृत्यु भएको जानकारी दिएका छन्।

Atrya hospital

डीआईजी वैभव कृष्णका अनुसार, भागदौडमा ३० जना भक्तजनको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्। २५ वटा शवको पहिचान भइसकेको छ। मृत्यु हुनेहरूमा सबैभन्दा धेरै १९ जना उत्तर प्रदेशका, ४ जना कर्नाटकका, १ जना गुजरातका र १ जना आसामका छन्।

मेला अधिकृत विजय किरण आनन्दले महाकुम्भमा आएका भक्तजनहरूलाई फिर्ता पठाउने कार्य जारी रहेको जानकारी दिएका छन्। भक्तजनहरू मौनी अमावस्याका अवसरमा संगममा स्नान गर्न पर्खिरहेका बेला मंगलबार राति करिब १ः३० बजे भागदौड मच्चिएको थियो।

भागदौड हुनुका सम्भावित कारणः

१ अमृत स्नानका कारण धेरैजसो पोन्टुन पुल बन्द गरिएको थियो। जसले गर्दा संगम नोजमा लाखौँको भीड जम्मा भयो। यस क्रममा केही मानिस ब्यारिकेडमा अड्किएर लडे, जसका कारण भागदौड मच्चियो।

२ संगम नोजमा छुट्टाछुट्टै प्रवेश र निकास मार्गको व्यवस्था थिएन। मानिसहरू जुन बाटोबाट प्रवेश गरिरहेका थिए, त्यही बाटोबाट फर्किरहेका थिए। यस्तो अवस्थामा भागदौड हुँदा भाग्ने कुनै मौका थिएन, जसका कारण उनीहरू एकअर्कामाथि लडे।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update