बझाङ –बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ १८:१९
प्रतिक्रिया दिनुहोस्