Sagun Khabar
दार्चुलाको ठड्याभीर पहिरोका घाइते बुढाको हेलिकप्टरबाट उद्धार 

दार्चुला –दार्चुलाका महकाली नगरपालिका वडा नम्बर– ५ किम्तडी ठड्याभीरमा सडक चौडा पार्ने क्रममा खसेको पहिरोमा पुरिएर गम्भीर घाइते भएका स्काइभेटर चालक रेशम बुढालाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।

महाकाली लोकमार्ग अन्तर्गत खलंगा– गोकुलेश्वर सडक खण्डमा विगत एक महिनादेखि सडक चौडा बनाउने काम भइरहेको छ । शुक्रबार बिहान सवा ५ बजेतिर सडक चौडा पार्ने क्रममा सडक माथिबाट खसेको पहिरोमा परि जाजरकोटको जुनीचाँदे गाउँपालिका – ११ घर भएका चालक बुढा गम्भीर घाइते भएका थिए ।

Atrya hospital

घाइते बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कैलाली पठाइएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

घाइते चालकको उद्दारको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई आग्रह गरेको थियोे । घाइते बुढाको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । 

ठड्याभीरमा पहिरो खसेपछि आज बिहानैदेखि महाकाली लोकमार्ग अवरुद्ध रहेको छ । सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि दार्चुला सदरमुकामबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधन बीचबाटोमै रोकिएका छन् । 

बिहान पहिरो खस्दा सडक निर्माण गरिरहेको स्काभेटर हुत्तिएर महाकाली किनारमा पुगेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update