बैतडी –बैतडीको डिलाशैनीमा आजदेखि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको तेश्रो संस्करण शुरु भएको छ ।
वडा नं ५ स्थित हरिनगर खेलमैदानमा प्रतियोगिताको एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले प्रतियोगिताको उद्दघाटन गरे । प्रतियोगिता उद्दघाटन सत्रमा डिलाशैनी गाउँपालिकास्तरीय खेलकुद विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर बोहरा, डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा, वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा डिलाशैनीभित्रका ६ टीमको सहभागिता रहेको छ । प्रतियोगिता भोलिसम्म सञ्चालन हुने डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुने टीमलाई नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा तेश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक डिलाशैनी गाउँपालिकाले जनाएको छ ।