बझाङ– बझाङको दुर्गाथली गाउँपालिकामा हजार दिने आमाहरुलाई उपाध्यक्षको कोसेली दिन थालिएको छ ।
विगतका बर्षजस्तै गाउँपालिकाभरीका गर्भवती तथा सुत्केरी आमाहरुलाई उपाध्यक्ष कोसेली दिन कार्य शुरु गरिएको दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालले बताए ।
सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि कोसेली वितरण कार्य शुरु गरिएको हो । कोसेलीमा पोषणयुक्त दालका साथै सरसफाइका सामग्री राखिएको उनले बताए ।
दुर्गाथली गाउँपालिकाका सातओटै वडामा रहेका स्वास्थ्यचौकीहरुमार्फत उपाध्यक्षको कोसेली वितरण भइरहेको बताइएको छ । उपाध्यक्षको कोसेलीले हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणमा ध्यान दिनका लागि अभिभावकहरुलाई जागरुक गराउन सहयोग गरेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १७:०१
प्रतिक्रिया दिनुहोस्