बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकामा आजदेखि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
वडा नं ७ स्थित भागरथी स्मृति लवलेक खेलमैदानमा प्रतियोगिता शुरु गरिएको छ ।
दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए ।
प्रतियोगितामा पालिकाभरीका ११ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल र एथलेटिक्सका खेलहरु हुने गाउँपालिकाले जनाएको छ ।
पालिकास्तरीय प्रतियोगिताबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि गाउँपालिकाको टीम तयार गरिने गाउँपालिका अध्यक्ष कार्कीले बताए । प्रतियोगिताले बालबालिकाहरुको खेल क्षेत्रमा अभिरुचि बढाउनुका साथै उनीहरुको क्षमता विकासमा सहयोग पुर्याउने उनले बताए ।