Sagun Khabar
अस्पताल लैजाने क्रममा बझाङमा बाटोमै आमा र शिशुको मृत्यु 

बझाङ–बझाङमा एक आमा र शिशुको बीच बाटोमै मृत्यु भएको छ । अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहरा र नवजात शिशुको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

गर्भावस्थामा रहेकी सवितालाई तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो ।

Atrya hospital

बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए। 

घटनाको जानकारी पाउनेबित्तिकै गाउँपालिकाबाट एम्बुलेन्स पठाइएको भए पनि आमा र बच्चालाई बचाउन नसकिएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update