Sagun Khabar
अवरुद्ध महाकाली लोकमार्ग सुचारु 

दार्चुला–दार्चुलाको किम्तडीस्थित ठड्याकाठामा अवरुद्ध महाकाली लोकमार्ग सुचारु भएको छ ।

६ दिनदेखि अवरुद्ध लोकमार्ग शनिबार साँझदेखि सञ्चालनमा आएको हो । लोकमार्ग अन्तर्गत ठड्याकाठा भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । सडक चौडा पार्ने लोकमार्ग अवरुद्ध भएको थियो । उक्त क्षेत्रमा सडक चौडा पार्ने कार्य जारी रहेको भएपनि अब लोकमार्ग सुचारु भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

Atrya hospital

किम्तडी र खलंगामा रोकिएका सवारी साधन शनिबार साँझदेखि नै सुचारु भइसकेका छन् । 

पुस १५ देखि जिल्लाको मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरू किम्तडीको अप्ठ्यारो भीर चढेर पैदल यात्रा गर्न बाध्य भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update