बैतडी–बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ ।
गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–१० अदरपिण्ड नजिकबाट शनिबार साँझ भन्सार छलीका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
भारतबाट अवैध रुपमा ल्याइएका खाद्यान्न,चप्पल,चिनी, मिश्री, पास्ता, नरीवल लगायतका ६२ हजार ६२५ रुपैयाँ मूल्य बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको उनले बताए ।
भन्सार छलेर ल्याएका ती सामग्रीलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।
यसअघि बैतडी प्रहरीले यही पौष १५ गते १६ लाख ३२ हजार रुपैयाँ बराबरको बिँडी बरामद गरेको थियो । भारतबाट ल्याइएको उक्त बिँडी सुर्नया र दोगडाकेदारबाट बरामद गरिएको थियो ।