Sagun Khabar
नेपाल राष्ट्रिय शिक्षक संगठन डिलाशैनीको अध्यक्षमा भट्ट चयन 
Atrya hospital

बैतडी–नेपाल राष्ट्रिय शिक्षक संगठन डिलाशैनी गाउँकमिटिको अध्यक्षमा चन्द्रदेव भट्ट चयन भएका छन् । शनिबार सम्पन्न तेश्रो अधिवेशनले भट्टको अध्यक्षतामा १९ सदस्यीय नयाँ गाउँकमिटि चयन गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टले बताए । 

उक्त कमिटिको उपाध्यक्षमा कृष्णबहादुर बोहरा, महिला उपाध्यक्षमा जानकी पन्त, सचिवमा बीरा नाथ, कोषाध्यक्षमा महेश घरडी, सह–कोषाध्यक्षमा पशुपति भट्ट, उपसचिवमा धर्मराज भट्ट लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

बैतडीका १० ओटा स्थानीय तहमध्ये सातओटामा नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकिएको अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update