
डडेल्धुरा –डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको टायरमुनी च्यापिन गई चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरातर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर आज बिहान साढे ३ बजे बजे दुर्घटना भएको हो ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ ११:००
प्रतिक्रिया दिनुहोस्