Sagun Khabar
मुक्त हलिया सरोकार मञ्चको समीक्षा बैठक सम्पन्न 

बैतडी–मुक्त हलिया सरोकार मञ्चको प्रदेशस्तरीय बार्षिक समीक्षा बैठक आइतबार सम्पन्न भएको छ । 

मुक्त हलिया सरोकार मञ्चका पदाधिकारीहरु सम्मलित बैठक डोटीको बुडरमा सम्पन्न भएको हो । 

Atrya hospital

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजना भएको बैठकमा मुक्त हलियाको क्षेत्रमा काम गर्ने १३ ओटा संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष ईश्वर सुनारको अध्यक्षतामा भएको बैठकमा मुक्त हलियाका क्षेत्रहरुमा भइरहेका कामहरुको बारेमा समीक्षा गरिएको कार्यक्रम संयोजक तेजराम लोहारले बताए । 
बैठकमा आगामी दिनमा सञ्चालन गर्न सकिने कार्यक्रमका बिषयमा समेत छलफल भएको कार्यक्रम संयोजक लोहारले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update