Sagun Khabar
मणिलेक माविको ६८ औं बार्षिकोत्सव सम्पन्न 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाको ६८औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर टेरको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द प्रमुख अतिथी रहेकी थिइन् । 

Atrya hospital

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले २ करोड २५ लाख रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । 

बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको प्रधानाध्यापक भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update