
बैतडी –नेपाल रेडक्रस सोसाइटी उपशाखा खोड्पेको सभापतिमा फेरि बल्देवसिंह केसी चयन भएका छन् । शनिबार सम्पन्न १७ औं अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
केसी सातौं कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
उक्त कार्यसमितिको उपसभापतिमा कमला भण्डारी कुँवर , सचिवमा रामबहादुर कुँवर , कोषाध्यक्षमा द्रोपती ऐर, उपसचिवमा हरिदत्त भट्ट, कोषाध्यक्षमा कृष्णसिंह भाट लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ ०८:०७
प्रतिक्रिया दिनुहोस्