Sagun Khabar
रेडक्रस उपशाखा शंकरपुरको सभापतिमा अवस्थी चयन 

बैतडी–नेपाल रेडक्रस सोसाइटी उपशाखा शंकरपुरको सभापतिमा पुनः गणेशदत्त अवस्थी चयन भएका छन् । 

उपशाखा शंकरपुरको ३२ औं साधारण सभाको अधिवेशनले अवस्थीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

Atrya hospital

समितिको उपसभापतिमा सरस्वती अवस्थी, सचिवमा परमानन्द अवस्थी, उपसचिवमा करुणाकर अवस्थी, कोषाध्यक्षमा धनबहादुर कुँवर लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

२०६३ सालदेखि उपशाखाको सभापति रहँदै आएका अवस्थीले मानवीय र सामाजिक कार्यमा सक्रिय संस्थाको सभापतिमा पुनः चयन भएपछि सबैप्रति आभार व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update