Sagun Khabar
हिउँदे बर्षाले किसान खुसी 

बैतडी–पछिल्लो समयमा भएको हिउँदे बर्षाले किसानहरु खुसी भएका छन् । शुक्रबार रातिदेखि मौसममा बदली भई शनिबार भएको हिउँदे बर्षाले बालीनालीमा फाइदा पुगेको किसानहरुले बताएका छन् । 

यो बर्षाले बालीनाली तथा हिउँदे फलफूलमा सिँचाइको काम गरेको कृषि प्राविधिकहरुले बताएका छन् । कतिपय ठाउँमा खडेरीले बालीनाली सुक्नै लागेका बेला भएको बर्षाले राहत मिलेको स्थानीयहरुले बताएका छन् । 

Atrya hospital

खास गरेर सिँचाइ सुविधा नभएका ठाउँमा हिउँदे बर्षाले सिँचाइको काम गरेको किसानहरुले बताएका छन् । हिउँदे बर्षाले बालीनालीमा निकै फाइदा पुगेको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । 
लामो समयपछि बालीनालीका लागि पुग्ने गरेर बर्षा भएकोले बालीनाली सप्रिन सहयोग पुग्ने कृषि प्राविधिकहरुले बताएका छन् । 

यसैबीच हिउँदे बर्षा भएपछि पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढेको छ । बर्षासंगै कतिपय उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएकाले चिसो बढेको हो । चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update