
बैतडी–नेकपा माओवादी केन्द्रको सुर्नया गाउँकमिटि अध्यक्षमा केशवबहादुर बिष्ट चयन भएका छन् ।
बुधबार सुर्नया गाउँपालिका–५ रौलेश्वरमा सम्पन्न भएको दोश्रो गाउँ सम्मेलनले बिष्टको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटि गठन गरेको हो । सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहेका बिष्टको नेतृत्वमा माओवादी केन्द्रको नयाँ गाउँपालिका कमिटि चयन भएको माओवादी केन्द्रका बैतडी संयोजक शंकर भण्डारीले बताए ।
उक्त कमिटिको यस्तै बरिष्ठ उपाध्यक्षमा दिलाराम भट्ट , उपाध्यक्षमा करन चन्द र हरिशराम विक, सचिवमा धनबहादुर बिष्ट, सह–सचिवमा रोशनी विक, कोषाध्यक्षमा जानकी बोहरा लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
नेकपा माओवादी केन्द्र सुर्नया गाउँकमिटिका अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षता भएको सम्मेलनमा माओवादी केन्द्रका बैतडी इञ्चार्ज नरेन्द्र कुँवर प्रमुख अतिथी रहेका थिए । सम्मेलनमा माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य प्रेमप्रकाश भट्ट, जिल्ला संयोजक भण्डारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
माओवादी केन्द्र बैतडीले पौष महिनाभित्र वडा र पालिका सम्मेलन सक्ने गरेर काम गरिरहेको संयोजक भण्डारीले बताए । पार्टीको संगठन विस्तार र पुनर्जागरणका लागि सम्मेलनमा तीव्रता दिएको बताइएको छ ।