Sagun Khabar
शिक्षक संघ बैतडीको बैठक सम्पन्न, के–के भए निर्णय ?
Atrya hospital

बैतडी–नेपाल शिक्षक संघ बैतडीको बैठक बुधबार पाटन सम्पन्न भएको छ । 

बैठकले पौष महिनाभित्र पालिका प्रतिनिधि सभा गरिसक्ने निर्णय गरेको छ भने माघ महिनाभित्र जिल्ला प्रतिनिधि सभा गरिसक्ने निर्णय गरेको नेपाल शिक्षक संघ बैतडीका सचिव नारायण जोशीले बताए । 

यस्तै बैठकले नयाँ आउन लागेका शिक्षा ऐनलाई शैक्षिकमैत्री बनाउन र विगतमा भएका सम्झौताहरुलाई कार्यान्वयन गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update