
बैतडी–काठमाण्डौं घर भएका समाजसेवी सहदेव सापकोटाले बैतडीका १३ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन् ।
जिल्लाको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरीब, टुहुरा र जेहेन्दार विद्यार्थीहरुलाई मासिक १ हजार दरले प्रति विद्यार्थी १२ हजार छात्रवृति प्रदान गरिएको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए ।
भुमेश्वर मायाघर पाटन नगरपालिका–४ थुमको समन्वयमा उनले आज एक कार्यक्रममार्फत बालबालिकाहरुलाई छात्रवृति प्रदान गरेका हुन् । सापकोटाले विपन्न बालबालिकाहरुलाई गएको दुई बर्ष यता छात्रवृति प्रदान गर्दै आएका र चालु शैक्षिक सत्रका लागि आज छात्रवृति वितरण गरिएको चन्दले बताए ।
यसअघि पनि सापकोटाले बिरामीहरुको उपचारमा सहयोग गरेका छन् भने विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।