नेपाली कांग्रेस मेलौली–५ को सभापतिमा चन्द चयन

बैतडी–नेपाली कांग्रेस मेलौली नगरपालिका–०५ को वडा सभापतिमा प्रेमबहादुर चन्द चयन भएका छन। कांग्रेसका वडा सभापति रहेका परमानन्द पन्तले पार्टी परित्याग गरेपछि रिक्त रहेको सभापति पदमा चन्दलाई सर्वसम्मत चयन गरिएको हो ।
आइतबार वडाका क्रियाशील सदस्यहरुको बैठकले चन्दलाई सभापतिमा चयन गरेको छ । वडा सभापति चन्दले पार्टी संगठन विस्तारका साथै पार्टीका अभियानहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।
यस्तै बैठकले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण गर्ने, पार्टी सदस्यता शुल्क संकलन गर्ने, वडामा भइरहेका विकास निर्माणका कामहरुको समीक्षा गर्ने, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टी लेबी तिर्नुपर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ ०७:४९
प्रतिक्रिया दिनुहोस्