Sagun Khabar
इन्सेक बैतडीको बार्षिक समिक्षा बैठक सम्पन्न

बैतडी–अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशनपूर्व वार्षिक समिक्षा बैठक सम्पन्न गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीले सन् २०२४ जनवरीदेखि हाल सम्मका अभिलेखित घटनाहरुको बारेमा सरोकारवालाहरुसंग बैठक गरेको हो । 

Atrya hospital

बैठकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र बैतडीका प्रतिनिधि नरीदत्त बडूले बडुले जिल्लाको स्वास्थ्य, शिक्षा, वातावरण, विभिन्न प्रकारका हिंसा, कर्तव्य ज्यानसम्बन्धि घटनाका बिषयमा जानकारी गराएका थिए । 

जिल्लामा हुने विभिन्न खालका हिंसाका घटना र अपराधका घटनाहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा बैठकमा छलफल भएको थियो । 

बैठकमा जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update