Sagun Khabar
पुर्चौंंडीमा अनेरास्ववियुको नगर कमिटि चयन, क्याम्पसमा पनि इकाइ कमिटि विस्तार 

बैतडी–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पुर्चौंडी नगरपालिकामा नयाँ नगर कमिटि चयन गरेको छ । 

शनिबार सम्पन्न भएको अनेरास्ववियुको प्रथम नगर अधिवेशनले लक्ष्मी अवस्थीको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटि चयन गरेको अनेरास्ववियु बैतडीका प्रचार विभाग प्रमुख शम्भुराज गिरीले बताए । 

Atrya hospital

उक्त कमिटिको उपाध्यक्षमा महामतीकुमारी धानुक, सचिवमा उमेश भट्ट, सहसचिवमा कलावती पन्त र उत्तम बोहरा तथा कोषाध्यक्षमा गीता भट्ट चयन भएका छन् । अधिवेशन अन्य सदस्यहरुलाई समेत सर्वसम्मत रुपमा चयन गरेको गिरीले बताए । 

यस्तै अनेरास्ववियुले आइतबार पुर्चौंडी बहुमुखी क्याम्पसमा इकाइ कमिटि विस्तार गरेको छ । सुरज पाठकको अध्यक्षतामा २७ सदस्यीय कमिटि गठन गरिएको बताइएको छ । 

उक्त कमिटिको उपाध्यक्षमा भुवन भण्डारी, सचिवमा शान्ति भण्डारी, सहसचिवमा विनिता महरा,बविता साउँद र उत्तम बोहरा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा इन्दु धानुक लगायत अन्य सदस्यहरु रहेका गिरीले बताए । 

P-cam-1734870180.jpg
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update