Sagun Khabar
नेपाल राष्ट्रिय शिक्षक संगठन शिवनाथको अध्यक्षमा चन्द चयन 

बैतडी–नेपाल राष्ट्रिय शिक्षक संगठन शिवनाथ गाउँकमिटिको अध्यक्षमा दिपेन्द्रबहादुर चन्द चयन भएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक संगठन शिवनाथ गाउँकमिटिको आइतबार सम्पन्न भएको तेश्रो अधिवेशनले चन्दको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटि चयन गरेको हो । 

Atrya hospital

उक्त कमिटिको उपाध्यक्षमा सुरेशराम तिरुवा, महिला उपाध्यक्षमा जानकी तिरुवा, सचिवमा मेघनाथ कलौनी, सहसचिवमा सुरतसिंह महता, कोषाध्यक्षमा गोविन्दराज कलौनी लगायत अन्य सदस्यहरु रहेका छन् ।

अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठनका बैतडी अध्यक्ष प्रेमराज भट्ट, हिस्टुनका केन्द्रीय सचिव अर्जुन कुँवर लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update