Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा धान्य पूर्णिमाका दिन लाग्ने जात्रा सम्पन्न

बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा धान्य पूर्णिमाका दिन लाग्ने जमानी जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज लागेको जमानी जात्रा सम्पन्न भएको हो ।

हरेक बर्षको मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा लाग्ने गरेको छ ।  अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भएपनि यो जात्रामा कुनै प्रकारको बलि नहुने निङ्गलाशैनी भगवती मन्दिरका मुल पुजारी देव दत्त भट्टले बताए ।

 

Atrya hospital

जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको उनको भनाइ छ । निङ्गलाशैनी भगवतीको भण्डार प्रर्दशन हुने भएकाले टाढा टाढाबाट समेत  भक्तजनहरु दर्शनका लागि आउने गरेको बताइएको छ ।  हरेक बर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको बिशेष पूजाआजा हुने गरेको छ ।

जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसंग जोडिएको ठाडो खेल र  ड्यौडा समेत खेल्ने गरिएको निङ्गलाशैनी भगवती मन्दिर कलौनका पुजारी देव दत्त भट्टले बताए ।

जात्रामा निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।  निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमाका दिन बिशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update