Sagun Khabar
बैतडीको लखैनाथ आधारभूत विद्यालयको बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका–७ स्थित लखैनाथ आधारभूत विद्यालय बाईमको ३१ औँ वार्षिकोत्सव समारोह विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रप्रसाद जोशीको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एवं प्रवक्ता यज्ञराज भट्ट प्रमुख अतिथी रहेका थिए । 

Atrya hospital

यस्तै बार्षिकोत्सव समारोहमा वडा नं ७ का कार्यवाहक वडा अध्यक्ष गणेशमान धामी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक भानदेव जोशीले ४० लाख १ सय ८५ रुपैयाँ आय, ३८ लाख ५३ हजार ५८ रुपैयाँ व्यय र १ लाख ४७ हजार १२९ रुपैयाँ बचत रहेको जानकारी दिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरेको स्थानीय प्रदीपकुमार जोशीले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update