
बैतडी –नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन् । उनी मिन बमलाई पराजित गर्दै पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै महासचिवमा शिवराज भट्ट निर्वाचित भएका छन् । उनी हरि जोशीलाई पराजित गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको महासचिव पदमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्ष मानबहादुर साउँद, महिला उपाध्यक्ष हेमन्ती डगौंरा चौधरी, सचिव खुल्लामा धनराज साउँद, सचिव समावेशीमा इन्द्राकुमारी केसी र कोषाध्यक्षमा बरुण पनेरु निर्वाचित भएका छन् ।
यस्तै अर्जुनबहादुर सिंह, कृतबहादुर बिष्ट,केशवदत्त भट्ट,रमेशकुमार केसी र दिनेशबहादुर कठायत प्रदेश समिति सदस्यमा चयन भएका छन् ।
सुदूरपश्चिममा योगेन्द्रबहादुर बलायर र सुरेश पन्त केन्द्रीय सदस्यमा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।