Sagun Khabar
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ बैतडीको अध्यक्षमा भण्डारी चयन 

बैतडी–नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको बैतडीमा अध्यक्षमा चन्द्रसिंह भण्डारी (विनोद) चयन भएका छन् । 

शनिबार बैतडी सदरमुकाममा सम्पन्न भएको जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको नेपाल तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले बताए । 

Atrya hospital

यस्तै दशरथचन्द नगरपालिकाको संयोजकमा यज्ञराज पाण्डेय र सिगास गाउँपालिकाको संयोजकमा प्रयाग धामी चयन भएका राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय प्रतिनिधि हरिश टमाटाले बताए । अन्य पालिकाहरुमा पालिका सभापतिहरुसंग समन्वय गरेर संयोजक चयन गरिने टमाटाले बताए । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय प्रतिनिधि हरिश टमाटाको उपस्थितीमा सम्पन्न भएको अधिवेशनमा नेपाली कांग्रेस बैतडीका पूर्व सभापति नरेन्द्रसिंह थापा, उपसभापति बिरबहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update