Sagun Khabar
पत्रकार महासंघ बैतडीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा बडू निर्वाचित 

बैतडी–नेपाल पत्रकार महासंघ शाखा बैतडीको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न महासंघ बैतडीको आठौं अधिवेशनले पत्रकार नरी बडूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 
अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन भएको र अन्य पदमा निर्विरोध पदाधिकारी र सदस्यहरु चयन भएका निर्वाचन समितिले जनाएको छ । 

शुक्रबार भएको मतदानबाट ३९ मत प्राप्त गर्दै बडू अध्यक्षमा निर्वाचित भएका हुन् भने २४ मत प्राप्त गर्दै करुणाकर भट्ट कोषाध्यक्षमा निर्वाचित भएका हुन् । 

Atrya hospital

यस्तै महासंघको खुला उपाध्यक्षमा लक्ष्मण बिसी, महिला उपाध्यक्षमा रतना कलौनी, सचिवमा विनोदसिंह बिष्ट, सहसचिवमा केशवराज भट्ट र समावेशी सहसचिवमा मंगेश दयाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक नरेन्द्र भट्टले बताए । यस्तै ९ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका उनले बताए । 

आगामी ३ बर्षका लागि चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई आज निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गरिएको छ । उनीहरुले आजै पद तथा गोपनीयताको शपथ समेत ग्रहण गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update