
बैतडी- बैतडीमा एक घरमा आगलागी भएको छ । बैतडीको सुर्नया गाउँपालिका–७ पत्थरकोटको एक घरमा आगलागी भएको हो ।
प्रेम बहादुर कुवरको दुईतले घरमा शुक्रबार आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । कुवरको घरमा बिजुलिको तार सर्ट भएर आगलागी हुँदा १ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आगलागीबाट खाध्यान्न, लुगाकपडा र भाडावर्तन जलेर नष्ट भएका प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ १०:५९
प्रतिक्रिया दिनुहोस्