
बैतडी- बैतडीबाट दुई जना बिदेशी नागरीक पक्राउ परेका छन । पक्राउ पर्नेमा जर्मनी नागरिक फ्लेक केलर र फ्लेक रहेका छन । ७१ वर्षकी महिला र ४६ वर्षका पुरुष गोप्य सुचनाका आधारमा गैरकानुनी रूपमा नेपाल बस्दै आएका दुई विदेशी नागरिकलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई जिल्लाको दोगडाकेदार गाउँपालिकाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । करिब चार बर्षदेखि लुकिछिपि बस्दै आएका उनीहरूलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।
कोरोना सुरू हुनुभन्दा पहिले नै भारतको बाटो भएर नेपाल आएका उनीहरू दुबैजना त्यसपछि गैरकानुनी रूपमा बस्दै आएका थिए । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि हिजै अध्यागमन विभाग काठमाण्डौँ पठाइएको प्रहरीनिरीक्षक पाण्डेयले बताए ।