Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकाको कार्यपालिका बैठकमा बिवाद

बैतडी-  बैतडीको सुर्नया गाउँपालिकाको कार्यपालिका बैठकमा बिवाद भएको छ । कार्यपालिका बैठकमा टुङ्गोमा नै नपुगेको प्रस्ताव निर्णयपुस्तीकामा उल्लेख गरिएको भेटिएपछि बिवाद भएको बताईएको छ ।


गत कार्तिक ९ गते बसेको कार्यपालिका बैठकमा कुनै छलफल नभएको प्रस्ताव निर्णयपुस्तीकामा उल्लेख गरिएको भेटिएपछि आजको कार्यपालिका बैठकमा विवाद भएको गाउँपालिका प्रवक्ता एवंम वडा नम्बर ४ का वडाअध्यक्ष प्रताप महराले बताए । 

Atrya hospital

कार्यपालिकामा आएपनि टुङ्गोमा नपुगेको प्रस्ताव निर्णयपुस्तीका लेखिएको भेटिएपछि उक्त निर्णय  लेखिएको पाना नै च्यातिएको छ । सो निर्णय के थियो भनेर खुलाइएको छैन । बुधबार बसेको कार्यपालिका बैठकमा विवाद भएपछि बिहीबार दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको प्रवक्ता महराले जानकारी दिए ।

यस बिषयमा सामान्य विवाद भएको र थप छलफलका लागि (भोली) बिहीबार  बैठक बोलाइएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुवँरले बताए । उनले भने 'केहि कर्मचारी दुई तिन वर्ष देखि काम गरिरहेको ब्यक्तिहरुलाई प्रक्रिया अनुसार बिज्ञापन खोलेर करारमा भर्ना गर्ने भनेर निर्णय भएको र छलफल समेत  भएको भएपनि उनीहरुले कार्यपालिकाले सिधै  निर्णय गर्नुपर्ने , आफ्नो मान्छे राख्नुपर्ने भन्दै दबाब दिदैआएको हुनाले आफुले नियमसँगत बिज्ञापन खोलेर करारमा भर्ना गर्ने भनेपछि बिबाद सुरुभएको हो । पालिकाले पहिले उजुरी प्रशासकमा एकजना कर्मचारी राखेको र उक्त कर्मचारी लोकसेवा निकालेकाले पद रिक्त रहेकोहुँदा उक्त पदमा आफ्नो मान्छे सिधै राख्नपर्छ भनी दबाब दिनेगरेकोले सो पदमा पनि नियम,कानुन बमोजिम राख्नुपर्छ भन्दा बिबाद भएको हो ।''

 कार्यपालिकामा नै विवाद भएपछि केही थान कुर्सि , टेबल समेत तोडफोड भएका प्रबक्ता महराले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update