Sagun Khabar
लैङ्गिक हिंसा न्यूनीकरणका लागि सडक नाटक 

बैतडी–बैतडीमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दशरथचन्द नगरपालिकाको आयोजनामा मंगलबार गोठलापानीमा सडक नाटक प्रदर्शन गरिएको हो । 

समाजमा रहेका विभिन्न कुरीतिहरुका कारण हुने हिंसाहरुलाई न्यूनीकरण गर्नका लागि सडक नाटकमार्फत सचेतना फैलाइएको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् । 

Atrya hospital

अभियान अन्तर्गत नगरपालिकाभित्रका विभिन्न वडाहरुमा समेत कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरुमा जोड दिइएको उनले बताइन् । 

समाजमा विभिन्न कारणले लैङ्गिक हिंसा भइरहेकाले त्यस्ता हिंसाहरु न्यूनीकरणमा सडक नाटक लगायतका कार्यक्रमले केही सहयोग पुग्ने दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । अभियानको समयमामात्रै नभएर अन्य समयमा समेत हिंसा न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन हुनुपर्नेमा उनले जोड दिइन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update