
बैतडी –बैतडीको मेलौली घर भएका एकजना बेपत्ता भएका छन् ।
मेलौली नगरपालिका–८ कोटीगाउँका ५२ बर्षीय प्रेमसिंह बिष्ट शुक्रबार रातिदेखि बेपत्ता भएको उनका छोरा अशोकसिंह बिष्टले जानकारी दिए ।
शुक्रबार राति २ बजेको समयमा घरबाट निस्केका बिष्ट अहिलेसम्म सम्पर्कमा आएका छैनन् । घरमा कसैलाई नभनी हिँडेका बिष्टको मोबाइलमा शनिबारसम्म फोन लागेको तर रिसिभ नभएको बताइएको छ । आज भने बिष्टको मोबाइल अफ रहेको छ ।
बेपत्ता भएका बिष्टका छोरा अशोकका अनुसार इष्टमित्र, आफन्त र सम्भावित ठाउँमा खोजी गर्दा समेत पत्ता नलागेपछि प्रहरीमा निवेदन दिने तयारी भएको छ । बिष्टको घरमा उनकी श्रीमती र उनी गरेर दुई जनामात्रै बस्दै आएका थिए ।
बेपत्ता बिष्टलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४८७९१८५६ सम्पर्क गरिदिन आग्रह गरिएको छ । आफू अहिले काठमाण्डौंमा रहेको र बुवा बेपत्ता भएपछि घर फर्कने तयारी गरेको उनका छोरा अशोकसिंह बिष्टले बताए ।