Sagun Khabar
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : सुर्नयाका वडाहरुमा अन्तरक्रिया र छलफल 

बैतडी–लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बैतडीको सुर्नया गाउँपालिकाले वडाहरुमा अन्तरक्रिया र छलफल गरिरहेको छ । 

लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायका सबै नागरिकलाई जागरुक बनाउन वडाहरुमा अन्तरक्रिया र छलफल गर्ने गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् । 

Atrya hospital

अन्तरक्रिया तथा छलफलमा वडामा रहेका विद्यालयका विद्यार्थी, महिला समूहका सदस्य लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहने गरेको उपाध्यक्ष बोहराले बताइन् । अन्तरक्रिया र छलफल लैङ्गिक हिंसाविरुद्ध बनेका कानुनहरुको बारेमा समेत जानकारी दिने गरिएको उनले बताइन् । 

अभियान अन्तर्गत प्रत्येक वडामा कार्यक्रम सञ्चालनमा रहेका उपाध्यक्ष बोहराले बताइन् । अभियान अन्तर्गत पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने तयारी समेत भएको उपाध्यक्ष बोहराले बताइन् । 

पालिकाभरीका माध्यमिक विद्यालयहरुको सहभागितामा मंसिर २५ गते पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने उपाध्यक्ष बोहराले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update