Sagun Khabar
बैतडीको पाटनमा प्रहरीको सार्वजनिक सुनुवाई सम्पन्न 

बैतडी–बैतडीको पाटनमा प्रहरीले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय पाटनको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयबाट चालु आर्थिक बर्षको चार महिनामा सम्पादन भएका कामहरुको बारेमा जानकारी दिने, नागरिकका गुनासा सुन्ने र प्रहरीको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । 

Atrya hospital

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले कार्यालयले चालु आर्थिक बर्षको अहिलेसम्म सम्पादन गरेका कामहरुको बारेमा सरोवालाहरुलाई जानकारी गराएका थिए । 

जिल्ला प्रहरी कार्यालयले अपराध न्यूनीकरणका लागि गरेका प्रयास, प्रहरीमा दर्ता भएका मुद्दा र अनुसन्धान गरी अदालतमा पेश गरेका मुद्दा, भन्सार छलीका सामग्री बरामद, लागू औषध नियन्त्रणका लागि गरेका प्रयासका बिषयमा सरोकारवालाहरुलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट प्रवाह भइरहेका सेवाहरुलाई अझै सुधार गर्न, प्रहरी र नागरिकबीचको सम्बन्ध सुधार गरी अपराध न्यूनीकरणमा हातेमालो गर्नका लागि सार्वजनिक सुनुवाईको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update