Sagun Khabar
बैतडीको सिद्धपुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान 

बैतडी–बैतडीको पाटन नगरपालिका–१० स्थित सिद्धपुरमा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको हो । 

विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता भन्ने मूल नाराका साथ आज देशभरी यो दिवस मनाइएको हो । 

Atrya hospital

दिवसका अवसरमा सिद्धपुर स्वास्थ्यचौकीले आफ्नो कार्यक्षेत्र भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको स्वास्थ्यचौकीका प्रमुख महेन्द्र बोहराले बताए । 

नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले योगदान दिँदै आएका छन् । 

समुदायमा मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम, बाल स्वास्थ्य कार्यक्रम, परिवार योजना कार्यक्रम, खोप कार्यक्रम लगायतलाई प्रभावकारी बनाउन उनीहरुको भूमिका रहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update