Sagun Khabar
एनपीएल : सुदूरपश्चिमद्वारा काठमाण्डौ ७३ रनले पराजित , नरेन साउदले लिए पाँच विकेट

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो ।

काठमाण्डौका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०÷१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । यस्तै अविनाश बोहराले दुई विकेट लिए ।

Atrya hospital

यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए ।

काठमाण्डौका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल जितेको छ । काठमाण्डौले तीन खेलमा एक जीतसहित दुई अङ्क जोडेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update