Sagun Khabar
बैतडी प्रशासनमा एक जना शाखा अधिकृतको पदपूर्ती 

बैतडी–कर्मचारीको समस्या झेल्दै आएको जिल्ला प्रशासन कार्यालय बैतडीमा एक जना शाखा अधिकृतको पदपूर्ती भएको छ । गृह मन्त्रालयले पवनकुमार शाहीलाई जिल्ला प्रशासन कार्यालय बैतडीमा सरुवा गरेसंगै एकजना शाखा अधिकृतको पदपूर्ती भएको हो । 

शाही बुधबारदेखि जिल्ला प्रशासन कार्यालयमा हाजिर भइसकेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । एकजना शाखा अधिकृतको पदपूर्ती भएसंगै कामकाजमा केही सहज भएको उनले बताए । 

Atrya hospital

जिल्ला प्रशासन कार्यालय बैतडीमा दुईजना शाखा अधिकृतको दरबन्दी भएपनि एकजनाको अझै पदपूर्ती हुन सकेको छैन् । यस्तै जिल्ला प्रशासन कार्यालय मातहतकै इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटमा समेत शाखा अधिकृत छैनन् । 

इलाका प्रशासन कार्यालयमा एकजना शाखा अधिकृतको दरबन्दी भएपनि पदपूर्ती नहुँदा नागरिकता जारी गर्ने लगायतका प्रशासनिक कामहरुमा बाधा पुगेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । 

अहिले नागरिकताका लागि इलाका प्रशासन कार्यालयमा पुग्ने नागरिकको कागजात संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा ल्याउने र त्यसपछि नागरिकताको प्रमाणपत्र दिने गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । यद्यपि इलाका प्रशासन कार्यालयमा पनि शाखा अधिकृतको पदपूर्तीका लागि प्रयास भइरहेको उनले बताए । 

जिल्ला प्रशासन कार्यालयमा एकजना शाखा अधिकृतको पदपूर्ती भएपछि प्रमुख जिल्ला अधिकारीलाई अन्य काममा जान सहज भएको छ । शाखा अधिकृत नहुँदा प्रमुख जिल्ला अधिकारीले कार्यालय छोड्न नपर्ने अवस्था सिर्जना भएको थियो । 

एकजना शाखा अधिकृतको पदपूर्ती भएपछि प्रमुख जिल्ला अधिकारीको हैसियतमा जिल्लामा गर्नुपर्ने अन्य कामहरुमा सहजता भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update