दार्चुला –दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका–५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो ।
मंगलबार बिहान बिहान ११ बजे घरबाट घाँस काट्छु भनि गएकी रावल साउनलोटे भीरबाट लडेकी हुन् ।
अबेरसम्म घर नफर्केकी रावलको खोजी गर्दा उनी लडेर मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ ०९:१३
प्रतिक्रिया दिनुहोस्