Sagun Khabar
बैतडीका ४० वडामा माओवादीको वडा सम्मेलन सम्पन्न, पाटन–९ मा बिष्ट अध्यक्ष 

बैतडी–बैतडीमा वडा सम्मेलनमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रले ४० ओटा वडामा सम्मेलन सम्पन्न भइसकेको जनाएको छ । मंसिर महिनाभित्र पालिका सम्मेलन र वडा सम्मेलन गर्ने लक्ष्य लिएको र सोही अनुसार वडा सम्मेलन भइरहेका माओवादी केन्द्रका बैतडी संयोजक शंकर भण्डारीले जानकारी दिए । 

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको निर्णय अनुसार ८४ ओटै वडा र १० ओटै पालिकामा सम्मेलन भइरहेका उनले बताए । ८४ वडा मध्ये ४० ओटा वडामा सम्मेलन सम्पन्न गरिसकिएको र बाँकी वडाहरुमा पनि यसै महिनाभित्र सम्मेलन गरिसक्ने उनले बताए । 

Atrya hospital

वडा सम्मेलन गरिसकिएका पालिकाहरुमा पालिका सम्मेलनको तयारी भएको माओवादी केन्द्र बैतडीले जनाएको छ । वडा तहबाटै पार्टीको संगठनलाई नयाँ नेतृत्व प्रदान गर्नका लागि वडा सम्मेलन भइरहेको माओवादीले जनाएको छ । 

यसैबीच पाटन नगरपालिका वडा नं–९ मा अर्जुनसिंह बिष्टको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरिएको छ । मंगलबार सम्पन्न भएको वडा सम्मेलनले नयाँ वडा कमिटि गठन गरेको माओवादी केन्द्रका निवर्तमान वडा अध्यक्ष कालुसिंह भाटले जानकारी दिए । 

यस्तै कमिटिको उपाध्यक्षमा धनसिंह भण्डारी, सचिवमा धनसिंह भण्डारी,सहसचिवमा गणेशसिंह भाट,कोषाध्यक्षमा लक्ष्मी बिष्ट भाट लगायत अन्य सदस्यहरु रहेका छन् । 

वडा सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, जिल्ला संयोजक शंकर भण्डारी, प्रदेश कमिटि सदस्य रामसिंह बिष्टलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update