Sagun Khabar
सिगास माविको ५९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न, ५० हजार बराबरको अक्षयकोष स्थापना

बैतडी-  बैतडीको पाटन नगरपालिका ३ स्थीत सिगास माविको ५९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शनिवार विद्यालयले विभिन्न सास्कृतिक कार्यक्रमसहित ५९ औँ बार्षिकोत्सव  तथा अभिभावक दिवस मनाएको विव्यस अध्यक्ष प्रेम सिहं भाटले बताए । 

विद्यालयका प्रधानाध्यपक मानबहादुर चन्दले एक करोड ६२ लाख ८१ हजार ४८ रुपैँया ५० पैशा बराबरको आय तथा एक करोड ५६ लाख ५९ हजार ७६० रुपैँया ४० पैंशा बराबरको व्यव प्रस्तुत गरेका थिए । बार्षिकोत्सव कार्यक्रममा विव्यस अध्यक्ष प्रेम सिहं भाट, पाटन नगरपालिका ३ का वडाअध्यक्ष करुणाकर भट्ट, निवर्तमान विव्यस अध्यक्ष कपिल केशीसहित विद्यार्थी शिक्षक तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

यस्तै सिगास माविमा ५० हजार बराबरको अक्षयकोष स्थापना गरिएको छ । २०७९ सालमा निर्वाचीत  वडाका जनप्रतिनिधीहरुले सयुक्त रुपमा ५० हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । आफुले पाउने सेवा सुविधाबाट विद्यालयमा अक्षय कोष स्थापना गरिएको वडाअध्यक्ष करुणाकर भट्टले बताए । 

अक्षय कोषबाट आउने ब्याज रकमबाट गरिब बिपन्न तथा उत्कृष्ट बालबालिकाहरुलाई छात्रबृत्री प्रदान गरिने विद्यालयले जनाएको छ । वडा नम्बर ३ मा निर्वाचित जनप्रतिनिधीहरुले वडाभित्र रहेका सबै विद्यालयहरुमा अक्षय कोष स्थापना गर्ने निर्णय समेत गरिएको वडा अध्यक्ष भट्टले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update