Sagun Khabar
बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया 

बैतडी –बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । दलित समाज विकास मञ्चले सञ्चालन गरिरहेको बालविवाह रोकथाम परियोजनाको आयोजनामा अन्तरक्रिया गरिएको हो । 

बालविवाहले समाजमा थुप्रै समस्याहरु निम्त्याइरहेको भएपनि यसको रोकथाम हुन नसकेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । गरिबी, सामाजिक कुसंस्कार, चेतनाको अभाव लगायतका कारणले समाजमा बालविवाह भइरहेको बताइएको छ । 

Atrya hospital

बालविवाह कानुनी रुपमा दण्डनीय कार्य भएपनि लुकिछिपी समाजमा बालविवाह भइरहेको सरोकारवालाहरुको भनाइ छ । 

बालविवाहले पार्ने असरका बिषयमा बालबालिका र उनीहरुका अभिभावकहरुलाई जानकारी दिन सकिएमा बालविवाह रोकथाम गर्न सकिनेमा धेरैले जोड दिएका छन् । 

कतिपय ठाउँमा कानुनी सचेतनाको अभाव रहेकाले कानुनका बिषयमा समेत सबैलाई जानकारी गराउनुपर्ने अधिवक्ता हरिदत्त भट्टले बताए । 

दलित समाज विकास मञ्चले बालविवाह न्यूनीकरणका लागि विभिन्न ठाउँमा किशोरीकिशोरीहरुको सञ्जाल निर्माण गरेर काम गरिरहेको समाजकी अध्यक्ष सरस्वती नेपालीले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update