Sagun Khabar
बैतडीको पाटन–७ का तीन दर्जन युवा रास्वपामा आवद्ध 

बैतडी–बैतडीको पाटन नगरपालिका–७ घर भई रोजगारीको सिलसिलामा बाहिर रहेका युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन् । 

अनलाइन माध्यमबाट पार्टीको सदस्यता लिएका करीब तीन दर्जन युवाहरुलाई पार्टीमा भित्र्याएको रास्वपाका पाटन सभापति हेमन्त ऐरले जानकारी दिए । 

Atrya hospital

अनलाइनबाट पार्टीको सदस्यता लिएकाहरुको सदस्यता प्रमाणीकरण गरेर उनीहरुलाई पार्टीमा भित्र्याएको सभापति ऐरले बताए । 

रोजगारीको सिलसिलामा बाहिर रहेका र पार्टीमा आवद्ध हुन चाहनेहरुलाई पार्टीमा आवद्ध गराएको सभापति ऐरले बताए । पाटन नगरपालिकाभित्रका करीब दुई सय जनाले अनलाइनबाटै सदस्यता लिएको उनले बताए । 
पार्टीको संगठन विस्तार अभियान अन्तर्गत अन्तर्गत अनलाइनबाट समेत सदस्यता प्रदान गर्ने गरिएको सभापति ऐरले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update